मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सहयोग

  २०७८ फागुन ३ गते १६:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत  उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो ।

बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान सिसिटिभी क्यामेराहरु जडानको शुभारम्भ गरिसकेको छ ।

उक्त शुभारम्भ कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ, मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय केसी, नेपालगञ्ज शाखाका प्रबन्दक परवीन के।सी। र अन्य कर्मचारीहरुको उपस्थिति तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने विश्वास लिएको बैंकले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.