महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा छुट

  २०७८ फागुन ३ गते ११:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेसमा छुट पाउने भएका छन् । बैंक र फुडल्यान्डबीच सोमबार सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे०, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.