टेलिकमले ल्यायो भ्यालेन्टाइन डे विशेष अफर

  २०७८ फागुन १ गते १७:३४     विकासन्युज

काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

सो अफर अन्तर्गत मात्र ४९ रुपैयाामा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बाे अफर’ ग्राहकले पाउनेछन् ।*१४१४*११* डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी ग्राहकले सो सुविधा खरिद गर्न सक्नेछन् ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.