आजबाट नेपालमा रेल चल्यो

  २०७८ फागुन १ गते १०:३०     विकासन्युज

काठमाडौं । धनुषाको इनरुवा स्टेशनमा राखिएको रेल आजदेखि सञ्चालन हुने भएका छ । जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाले बताए ।

प्रबन्ध झाका अनुसार यात्रु विनाको रेल इनरुवाबाट जनकपुरतर्फ आउँदै छ । उद्घाटन नभएसम्मको लागि विनायात्रु नै रेल चलाउन लागिएको झाले जानकारी दिए । सो रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ ।

‘भाडाको विषयमा हामीले प्रस्ताव पेश गरेका छौं, यस विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन’, उनले भने, ‘उद्घाटन नभएसम्मको लागि यात्रु विनानै दिनको एक चोटि रेल सञ्चालन हुनेछ ।’

रेलको फागुनको दोस्रो हप्तामा उद्घाटन गर्ने तयारीछ । जनकपुर–जयनगर रुटमा चलाउन तामझाका साथ नेपाल आइपुगेका रेल लामो समयदेखि इनरुवामा त्रिपाल ओढाएर पार्किङमा बसेका थियो ।

अहिले रेल धनुषाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । रेलको प्राविधिक अवस्था बुझ्न विना यात्रु नै रेल सञ्चालन गरेका जनाईएको छ ।

२०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।

अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको उनले बताए ।

‘रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउँछौँ । त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.