सुजुकीले घरमा आएर गाडी मर्मत गरिदिने

  २०७८ माघ २६ गते १२:३१     विकासन्युज

काठमाडाैं । सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अनह्वील सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सकाे अटोमोटिभ डिभिजनकाे सीजी मोटोकर्पले बुधबारबाट वर्कसप अनह्वील सुरु गरेकाे हाे ।

यससँगैं सुजुकीका ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन् । कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्य हरु गर्नेछन् ।

यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिने सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले बताए ।

‘यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.