यस्ता छन् क्रिप्टोको कारोबार गर्दा राष्ट्र बैंकले देखेका चुनौति, लगानी नगर्न आग्रह

  २०७८ माघ २५ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङमा कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय साक्षरता सम्बन्धी सूचना जारी गर्दै क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायत भर्चुअल करेन्सीको कारोबार नगर्न आग्रह गरेको हो ।

विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सचेत रहन आग्रह गरेको हो ।

छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्रिप्टोकरेन्सी प्रयोग गर्दा विभिन्न चुनौति रहेको बताएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने राष्ट्र बैंककोृ भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.