ननलाइफ इन्स्योरेन्सले संकलन गरे १९ अर्ब बढी प्रिमियम, यूनाईटेडसहित ६ कम्पनी अर्बौंको क्लबमा

  २०७८ माघ २५ गते १७:२१     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालित २० कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी गरेका छन् ।

त्यस्तै, पुस एक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले २ लाख ६१ हजार ६८७ वटा बीमालेख जारी गरी ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

२० कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । ६ महिनामा शिखरले १ लाख ३१ हजार ६६९ वटा बीमालेख जारी गरी २ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, शिखरसहित ६ वटा कम्पनी अर्ब क्लबमा रहेका छन् । सगरमाथा, नेको, यूनाईटेड, सिद्धार्थ, एनएलजी इन्स्योरेन्सले ६ महिनामा एक अर्बभन्दा बढी प्रिमियम संकलन गरेका छन् ।

सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले चालु आवको ६ महिना अर्थात पुस मसान्तसम्ममा ४६ करोड ११ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यो अवधिमा इन्स्योरेन्सले ४५ हजार ७८६ वटा बीमालेख जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.