परिसूचक घट्दा बढ्यो कारोबार रकम, ‘टप गेनर’को शीर्ष स्थानमा नेपाल इन्स्योरेन्स

  २०७८ माघ २५ गते १५:२६     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.३० अंकले बढेर २८३५.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो ।

दोहोरो अंकले घटेको बजारमा सेयर कारोबार रकम भने बढेको छ । बुधबार कूल ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब २६ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो ।

सर्वाधिक कारोबार गर्नेमा अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको एकैदिन ३५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, टप गेनरको शीर्ष स्थानमा नेपाल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको सेयर मूल्य ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता ९२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ३३.९० रुपैयाँले बढी हो । इन्स्योरेन्सको एकैदिन १६ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको प्रतिकित्ता सेयर न्यूनतम ८९५.१० रुपैयाँदेखि अधिकतम ९३७.३० रुपैयाँसम्म कारोबार भएको थियो ।

सबैभन्दा बढी सेयर मूल्य घट्नेमा लिबर्टी इनर्जी कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ६.२७ प्रतिशतले घटेर प्रतिकित्ता ३८९ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.