देशभरको ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन

  २०७८ माघ २१ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको थप स्थानहरुमा चार्जिङ स्टेशन विस्तार गरेको छ । योसँगैं कम्पनीको चार्जिङ स्टेशन संख्या ४० पुगेको छ ।

नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप स्थानहरुमा चार्जिङ स्टेशन बनाउने जानकारी दिएको छ ।

कम्पनीको अनुसार हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.