सर्वोत्तम सिमेन्ट तथा स्टीलका ठेकेदारहरुका लागि ७ लाखको दुर्घटना बीमा

  २०७८ माघ २० गते १८:२१     विकासन्युज

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वोत्तम स्टीलले ठेकेदारहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई। अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम दिएका थिए ।

उक्त कार्यक्रम मार्फत कम्पनीले “सर्वोत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।

कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए वापत सर्वोत्तम स्टीलको तर्फबट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध ७ लाखको बीमाको सुविधा पाउनेछन् ।

हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.