आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

  २०७८ माघ १७ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) का लागि १७ जनाको आवेदन परेको छ ।

रिक्त रहेको निगमको एमडीका लागि आवेदन दिने अन्तिम दिन माघ १६ गतेसम्म तोकिएको थियो । तोकिएको अवधिमा १७ जनाको आवेदन परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार एमडीका लागि जीवनप्रकाश सिटौला, विष्णुवावु मिश्र, हरिभक्त शाही, प्राध्यापक डा लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल र चित्तरन्जन दासको आवेदन परेको छ ।

यस्तै, रामदेव यादव, चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकजकुमार दास, हरिवशं आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल, सन्जय कुमारको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेल तीन वर्ष कार्यकाल पूरा गरी गत पुस २० गते निगमबाट बाहिरिएसँगै पुस २५ गते एमडीका लागि खुला आवेदन माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.