थप ८ हजार ४५४ जनामा कोरोना सक्रमण पुष्टि, ४ हजार ४३३ संक्रमणमुक्त

  २०७८ माघ १२ गते १६:३२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

उक्त संख्यामा नयाँ संक्रमित सँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.