कहिले समाधान हुन्छ ‘माई पोर्टफोलियो’मा देखिएको समस्या ?

  २०७८ माघ ६ गते १७:०९     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिनयता मेरो सेयरमा समस्या देखिएको छ । यससँगै लगानीकर्ताहरू आफ्नो पोर्टफोलियो हेर्नबाट बञ्चित भएका छन् ।

यता मेरो सेयर सञ्चालक सिडिएस एण्ड क्लियरिङ् (सिडिएससी)ले नेप्सेका पुरानो वेवसाईटमा प्राविधिक समस्या देखिएकाले मेरो सेयरको पोर्टफोलियो अपडेट नभएको जनाएको छ ।

‘मेरो सेयरको पोर्टफोलियोमा मूल्य सम्बन्धि विवरण नेप्सेको पुरानो वेभसाईटबाट एपीआई मार्फत प्राप्त गर्दै आएकोमा हाल उक्त साईटमा प्राविधिक समस्या देखिएकोले हाल ‘माई पोर्टफोलियो’ मा बजार मुल्य अनुसारको ताजा विवरण अध्यावधिक हुन नसकेको,’ सिडिएससीले जानकारी गराएको छ ।

साथै, नेप्सेबाट उक्त साईटको समस्या समाधान भई एपीआई सम्बन्धि विवरण उपलब्ध हुनासाथ पोर्टफोलियो अपडेट हुने सिडिएससीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.