कृषि विकास बैंकको मोबाइल बैंकिङदेखि लकर सेवामा एक महिना ७५ प्रतिशत छुट

  २०७८ माघ ४ गते १६:४३     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हाे ।

बैंकले वार्षिकोत्सवको अवसरमा माघ ७ गते देखि फागुन ७ गतेसम्म नयाँ तथा पुराना ग्राहकलाई मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट, सि–आश्वा, मेरो शेयर र लकर सेवा लिनेलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय बैंकले गरेको छ ।

यसका साथै चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.