प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने

  २०७८ पुष ३० गते १०:५४     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

साथै, इन्स्योरेन्सले कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित ११.५८ प्रतिशत लाभांश(करसहित) अघिल्लो वर्षको तुलनामा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश(करसहित) वितरण गरेको थियो ।

इन्स्योरेन्सको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.