बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्टि

  २०७८ पुष २८ गते १६:३४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा २७८ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.