बैंकहरुमा निक्षेप बढ्ने क्रम जारी, सातामै ५८ अर्बले बढ्यो

  २०७८ पुष २६ गते १४:३३     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंकहरुको निक्षेपमा सुधार हुने क्रम जारी छ। पुसको चौथो सातामा वाणिज्य बैंकहरुले ५८ अर्ब रुपैयाँले निक्षेप बढाउन सफल भएका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप अघिल्लो साताको तुलनामा ५८ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो । जुन पुस तेश्रो सातामा ४२ खर्ब ४९ अर्ब रुपैयाँ थियो ।

यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ । पुसको तेश्रो सातामा ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले चौथो सातामा ४१ खर्ब ८ अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् ।

त्यस्तै, बैंकहरुको सीडी रेसियो ८९.६८ प्रतिशत रहेको छ ।

केही साताअघि बैंकहरुको निक्षेप घटेको थियो । बैंकहरुले निक्षेपको पुसको पहिलो साताको तुलनामा दोश्रो साता घटेको थियो । दोश्रो सातादेखि यताको दुई सातामा भने निरन्तर निक्षेपमा वृद्धि भइरहेको संघको तथ्यांकले देखाएको छ । पुस दोश्रो सातामा बैंकहरुले ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ४० अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.