महालक्ष्मी विकास बैंकको स्थगित वार्षिक साधारण सभा माघमा हुने

  २०७८ पुष २६ गते ११:२७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित वार्षिक साधारण सभा माघमा हुने भएको छ । पुस २५ गते बोलाइएको वार्षिक साधारण सभा स्थगित भएसँगै बैंकले पुन माघ ३ गते सभा बोलाएको हो ।

स्थगित भएको उक्त सभा माघ ३ गते बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा हुने भएको छ ।

यसअघि बैंकले पुस २५ गते बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २०औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, सभाको लागि नियम अनुसार गणपुरक संख्या नपुगेकोले संस्थाले सो दिनको सभा स्थिगित गरेर अर्को मितिमा सभा आव्हान गरेको हो ।

पुस २५ गते दिउँसो १ बजे बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंठकले अब हुन लागेको सभा तोकिएको मिति समय र स्थानमा अनलाईन माध्यमबाट गरिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.