प्लेन चढ्न, होटल जान र सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  २०७८ पुष २५ गते १९:५९     विकासन्युज

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले खोपकार्ड देखाएपछि मात्रै प्लेन चढ्न, होटलमा जान र सार्वजनिक सेवा लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले सरकारका सम्बन्धित निकायहरुलाई १३ बुँदे सिफारिस दिदै कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै यस्ता सुविधा उपभोग गर्न पाउने व्यवस्था गर्न भनेको हो ।

‘सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै डीसीएमसीलाई गृहमन्त्रालय मार्फत सिफारिस गर्ने,’ सीसीएमसीको सिफारिसको ३ नम्बर बुँदामा भनिएको छ ।

यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायतका सिफारिस सीसीएमसीको छ ।

यस्ता छन् सीसीएमसीका सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.