जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

  २०७८ पुष २१ गते ११:२४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग आवद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको हो ।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीकोआन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भेपेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरुआबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी एनपीआईमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नोबीमा प्रिमियम शूल्क अनलाइनमार्फत कनेक्टआईपीएस बाटभुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमाकम्पनीहरुयस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्नभुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरुआबद्ध छन् भने अन्यपिएसपी/पिएसओ, रेमिटेन्सकम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध-सरकारी संस्थाहरु लगायतका ६९ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.