प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त

  २०७८ पुष २० गते १९:०८     विकासन्युज

तस्विर: रावलको सामाजिक सञ्जालबाट

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाएका छन् । पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त सीईओ रावलले पुस २० गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म उक्त कार्यभार सम्हाल्ने छन् ।

रावलले कार्त्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए । त्योभन्दा अघि उनी साेही कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.