एनआइसी एशिया बैंकको डिजिटल बैंकिङ्ग सेवा नि:शुल्क

  २०७८ पुष २० गते १५:३२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ्गसम्बन्धी सेवाहरु नि:शुल्क चलाउन पाइने भएको छ । यससँगै बैंकको मोबाइल बैंकिङ्ग सम्बन्धी सेवाहरु निःशुल्क चलाउन पाइने छ ।

बैंकले डिजिटल बैंकिङ्ग प्रवर्धनका लागि आफ्नो एनसेलसँग सहकार्य गरी यस सेवाको सुरुवात गरेको हो ।

यस सुविधा मार्फत एनआइसी बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआइसी एसिया मोबैंक एप, आइसर्भ, वेवसाइट तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.