सिभिल र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

  २०७८ पुष २० गते ११:०६     विकासन्युज

काठमाडौं । मंगलबार दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस २० गते एकैदिन सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै बैंकको समायोजित मूल्य प्रतिकित्ता २४५.७१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, रिलायन्स फाइनान्सको पनि १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यसअघि अन्तिम कारोबार प्रतिकित्ता ५२० रुपैयाँमा भएको संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ ।

यससँगै पुस १९ गतेसम्म यी दुई कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.