संचालनमा आयाे निगमकाे वाइडबडी

  २०७८ पुष १५ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल एयरलाइन्सको ए३३० वाइडबडी संचालनमा आएको छ । गत २८ डिसेम्बरमा काठमाडौं(नारिता नियमित उडान गर्ने क्रममा सो विमानमा समस्या देखिएको थियो ।

विमानको चेकजाँच गर्दा इलेक्ट्रिकल कन्ट्रयाक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको थियो । श्रिलंकाबाट आवश्यक पाटपुर्जा ल्याई निगमकै दक्ष इन्जिनियरिङले विमान बनाएका थिए ।

निगमले विमानलाई उडानयोग्य बनाई सोही विमानबाट काठमाडौं-दिल्ली नियमित उडान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.