एनबी बैंकको सिनियर डेपुटी सीईओमा पाण्डे नियुक्त

  २०७८ पुष १२ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ १ गतेदेखि लागु हुने गरी बैंकको सिनियर डेपुटी सीईओ रहनेछन् ।

उनी हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत छन् । यस्तै उनले यसअघि राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सिइओ भएर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.