३९ बीमा कम्पनीले उठाए ७३ अर्ब बढी प्रिमियम, कसको कति ? (सूचीसहित)

  २०७८ पुष १२ गते १२:५१     विकासन्युज

काठमाडौं । हाल बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । २०७७ मंसिरको तुलनामा बीमा कम्पनीहरुले २०७८ मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८.८७ प्रतिशत अर्थात ११ अर्ब ६२ करोड रुपैयाँले बढाउन सफल भएका हुन् ।

बीमा समितिका अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका ३९ कम्पनीले २०७८ मंसिर महिनासम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्ष अघि अर्थात २०७७ मंसिर महिनासम्ममा ६१ अर्ब ६० करोड रुपैयाँ थियो ।

जसमध्ये जीवन बीमा व्यवसाय गर्दै आएका १९ कम्पनीले चालु आर्थिक वर्षको ५ महिनासम्ममा ५७ अर्ब ७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका २० कम्पनीले १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

जीवन बीमा व्यवसाय सञ्चालन गर्नेमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । र, महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यता निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले चालु आवको ५ महिनामा एक अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, साढे १ अर्ब भन्दा कम र एक अर्ब भन्दा बढी प्रिमियम उठाउन ४ कम्पनी सफल भएका छन् । सगरमाथाले एक अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले एक अर्ब ३० करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ११ करोड र एनएलजी इन्स्योरेन्सले एक अर्ब रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् ।

सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउनदेखि मंसिर महिनासम्ममा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.