नेशनल माइक्रोफाइनान्सद्वारा सदस्यकाे ऋण मिनाह गरी बीमा रकम प्रदान

  २०७८ पुष १२ गते ११:४६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले एक सदस्यको ऋण मिनाह गर्दै थप कर्जा बीमा अन्तर्गत ४२ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान छ ।

लघुवित्तको कन्चनपुर जिल्लाको वेलौरी नगरपालिका वडा नं.४ मा रहेको शाखाले मृतकका परिवारलाई कर्जा मिनाह गरी बीमा मार्फत प्राप्त हुने रकम र काजकिरिया खर्च रकम प्रदान गरेको हो ।

कल्पना कुमारी बुढा गत असोज २२ गते काल गतिले निधन भएको थियो । मृतकका श्रीमान  जनक बहादुर खडकालाई ८८ हजार साँवा व्याज मिनाह गरी कर्जा वीमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजकिरिया खर्च स्वरुप ४२ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले देशभर आफना १०५ शाखा संजाल मार्फत करिव १ लाख ४० हजार भन्दा वढि घर परिवारलाइ वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.