१ करोडसम्मको चालु पुँजी कर्जामा कारोबारको २० प्रतिशतको सीमा, बढीमा नलाग्ने

  २०७८ पुष ११ गते १८:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्ने मापदण्ड तोकेको छ । राष्ट्र बैंकले आइतबार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो मापदण्ड निर्धारण गरेको हो ।

‘फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्नेछ,’ मार्गदर्शनमा उल्लेख छ,’ निर्देशिकामा उल्लेख छ ।

यस्तै, मौज्दातमा रहेको सामानको भौतिक निरीक्षण गर्दा कर्जा दुरुपयोग भएको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असुलीको प्रक्रिया अगाडि बढाउनु पर्ने प्रस्ताव राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले १ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जा प्रवाह गर्दा ऋणीको ग्राहक स्वयंबाट प्रमाणित मासिक विवरण राख्नु पर्नेछ भने १ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जाको हकमा ऋणी संस्थाको आन्तरिक लेखापरीक्षकबाट प्रमाणित मासिक विवरण हुनु पर्नेछ । पाँच करोड रुपैयाँभन्दा बढी चालूपुँजी कर्जाको हकमा अर्धवार्षिक रुपमा स्वतन्त्र लेखापरीक्षकबाट प्रमाणित विवरण राख्नु पर्नेछ ।

ऋणीले पेश गरेका अनुमानित वित्तीय विवरण यथार्थपरक रहे नरहेको सम्बन्धमा विस्तृत विश्लेषण गरी वास्तविकताको नजिक हुने विवरणलाई आधार मानी चालूपुँजी कर्जा सीमा स्वीकृत पर्ने शर्त राष्ट्र बैंकको छ । अनुमानित वित्तीय विवरण वार्षिक रुपमा लिई विश्लेषण गर्नु पर्ने भनिएको छ भने एकपटक विश्लेषण गरी कर्जा स्वीकृत भई सकेपश्चात लेखापरीक्षण भएको वित्तीय विवरण प्राप्त नभएसम्म पुनः अर्को अनुमानित वित्तीय विवरणको आधारमा कर्जा सीमा पुनरावलोकन गर्न पाइने छैन ।

यस्तो छ बैंकले जारी गरेको नयाँ मार्ग दर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.