प्रदेश २ को एक हजार निर्माणकर्मीको शिवम् सिमेन्टले गरिदियो ५ लाखको बीमा

  २०७८ पुष ११ गते १४:००     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्टले प्रदेश२ काे एकहजार बढी निर्माणकर्मीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले सो अन्तरकृया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श दिएकाे थियाे ।

यसका साथै कम्पनीले उनीहरुलाई ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तानरतण गरेकाे छ ।

यो संगै देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्ट ले २५ सय बढि निर्माण कर्मीहरुसंग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माण कर्मीहरुको रु ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गर्दै आएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.