बेनेली पानरको स्कुटर नेपाली बजारमा, ३ लाख ३४ हजार पर्ने

  २०७८ पुष ९ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले नेपालमा बेनेली पानरको स्कुटर सार्वजनिक भएको छ ।

कम्पनीले इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीको नयाँ मोडलको स्कुटर नेपाली बजारमा भित्रिएको हो ।

४ वटा रङमा स्कुटर उपलब्ध रहेको उक्त स्कुटरमा १ सय २५ सिसिको इएफआइको इन्जिन र ४.५ लिटरको ट्याङ्की रहेको छ । कम्पनीले स्कुटरकाे मूल्य ३ लाख २४ हजार ताेकेकाे छ ।

सो स्कुटरले प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने केटिएम इन्टरनेशनका सेल्सका निर्देशक उदिप श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.