सूर्या लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य समायोजन

  २०७८ पुष ९ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

सूर्या लाइफको १२.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै इन्स्योरेन्सको समायोजित मूल्य प्रतिकित्ता ६३८.८६ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ज्योति विकास बैंकको पनि ११ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । बिहीबार अन्तिम कारोबार प्रतिकित्ता ४४७.५० रुपैयाँमा भएको बैंकको सेयर मूल्य समायोजित पछि प्रतिकित्ता ४०३.१५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एनएमबि लघुवित्तको २१.५० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो र समायोजित मूल्य प्रतिकित्ता १०५३.५० रुपैयाँ कायम भएको छ । यसअघि लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता १२८० रुपैयाँमा भएको थियो ।

यससँगै अबको कारोबारमा यी तीन वटै कम्पनीको सेयर समायोजित मूल्यलाई आधार मानेर हुने छ । सेयर बजार अब पुस ११ गते आइतबार मात्रै खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.