भुक्तानी सेवा प्रदायकले मासिक रुपमा काराेबार राष्ट्र बैंकमा बुझाउनु पर्ने

  २०७८ पुष ८ गते १७:२०     विकासन्युज

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार  मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण बुझाउन निर्देशन जारी गरेको हाे ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा रहेको व्यवस्थामा संशोधन गर्दै नयाँ व्यवस्था राखिएको जनाएको छ ।
नयाँ निर्देशनअनुसार शाखारहित बैंकिङ केन्द्रको विवरण र एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालनमा आएको ७ दिनभित्र बैंकलाई बुझाउनुपर्नेछ ।

यस्तै, भुक्तानीसम्बन्धी कार्य गर्ने सबै संस्थाहरूलाई महिना सकिएको ७ दिनभित्र भुक्तानीसम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ ।

शाखारहित बैंकिङ केन्द्रको विवरण, एटीएम मेसिन रहेको स्थान, शाखारहित बैंकिङ केन्द्रहरु तथा विद्युतीय कार्डको विवरण, इ बैंकिङ, भुक्तानी सेवा प्रदायकको कारोबार, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बधी विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसावकिताव, भुक्तानी सेवा प्रदायकको ग्राहक, सञ्चालकको कारोबार र भुक्तानी प्रणाली सञ्चालकको सफल र असफल कारोबार महिना सकिएको ७ दिनभित्र बुझाइसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यस्तै, भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबार, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरणहरु महिना सकिएको ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.