दार्चुला जिल्ला अस्पताल ५० श्ययाको बनाइने

  २०७८ पुष ८ गते १४:४५     विकासन्युज

दार्चुला । जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो ।

वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिए ।

जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगीले भने,’जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ । भवन बहुउपयोगी बन्नेछ ।’ २०७० सालको बाढीले अस्पतालको भवनलाई क्षति पुर्याएको थियो ।

अस्पतालको जमिन बाढीले बगाएपछि अहिले जमिन अभाव छ । भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको उनले बताए । निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफूलाई कार्यक्षेत्रमा खटाएको जानकारी दिए ।

भवन चार तलाको भवन बन्ने छ । यसका लागि २६ करोडमा ठेक्का सम्झौता भएको छ । अहिले अस्पताल २९ श्यया सञ्चालनमा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.