कतै तपाईंलाई ‘पीसीओएस’ त भएको छैन ? यसरी थाहा पाउन सकिन्छ

  २०७८ पुष ७ गते १७:२८     डा. दिपमाला कार्की

काठमाडौं । पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गडबडी हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ ।

वास्तविक कारण थाहा नभए पनि यसका समस्यासंग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन नाम गरेको हर्मोनको मात्रा बढी हुने र महिनावारी अनियमित हुने गर्छ ।

जसमा महिलाहरुको डिम्वासयले स–सानो र धेरै मात्रामा पानिको फोका ( सिस्टस ) बनाउँछ । अल्ट्रासाउन्ड गराउँदा १२ वटाभन्दा बढी अण्डासयहरुमा धेरै अण्डाहरु देखिन्छ । र, अण्डाको आकार ठुलो देखिन्छ । यो चाँहि मुख्यत: १५ देखी ४५ वर्षको महिलामा यस्तो समस्या हुने गर्दछ ।

यस्ता हुन्छन् लक्षणहरु

महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो । यो समस्या भएका ८० प्रतिशत महिला मोटोपनको सिकार भएका छन् । यससँगै धेरै मात्रामा र नचाहिने ठाँउमा रौहरु पलाउने, जस्तै गालामा, हातगोडामा, छातीमा, गालामा धेरैमात्रामा डन्डिफोर आउने, बढिमात्रामा तौल बढ्नु, पेटमा बोसो जम्नु, धेरै मात्रामा कपाल झर्नु, मुटुमा समस्या देखिनु, डाईबिटिज हुनु जस्ता यसका लक्षणहरु हुन् ।

यस्ता लक्षणहरु देखिएमा हर्मोन लेबल हेर्ने रगतमा एफएनएस एलएच सिरम इस्ट्रोजन सिरम प्रोगेस्टिरोन, सिरम टेस्टोस्टिरोनको परीक्षण गर्नु पर्छ । यसका साथै युएसजि एबिडी पेलभिस अल्ट्रासाउण्ड गर्ने सुगर लेभल जाँच गर्ने गर्नु पर्छ ।

समाधानका उपाय के के हुन ?

दैनिक रुपमा शरिरिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने प्रोटिन बढि र कार्वाेहाईडेट भएको खाना कम खानुपर्छ । त्यस्तै, दैनिक रुपमा आफ्नो स्वास्थ्यको परिक्षण गराउने, सुगरको जाँच गर्ने र सुगर देखिएमा डाक्टरको सल्लाह बमोजिम सुगरको औषधीहरु खाने गर्नुपर्छ ।

(डा. कार्की स्त्री रोग तथा निशन्तान विशेषज्ञ हुन् । उनी हाल एभरेष्ट अस्पतालका कार्यरत छिन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.