नबिल बैंकद्वारा दराज र आइमार्कसँग स्मार्टपोसको निम्ती साझेदारी

  २०७८ पुष ७ गते ११:१९     विकासन्युज

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्नेछन् । दराजले छिटै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ ।

त्यस्तै, आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ जसले सुरक्षित भुक्तानी सेवा प्रदान गर्नेछ ।

आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.