इन्फिनिटी लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने

  २०७८ पुष ६ गते १०:५४     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

यससँगै पुस १४ गतेसम्म संस्थाको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीले गत वर्षको लाभांश पाउने छन् । संस्थाले सेयरधनीलाई २७.७० प्रतिशत बोनस र १.४६ प्रतिशत नगद गरी कूल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभामा लैजाँदै छ ।

संस्थाको पाचौं वार्षिक साधारणसभा आगामी पुस २७ गते नवलपरासीको गैंडाकोटस्थित होटल द नारायणीमा हुँदै छ ।

साथै, संस्थाले हाल कायम रहेको ५० करोडको अधिकृत पुँजीलाई वृद्धि गरी एक अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभामा लैजाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.