सिभिल बैंकको लाभांश घोषणा

  २०७८ पुष ६ गते १०:२९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अघिल्लो दुई वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट क्रमशः ८.४२ प्रतिशत र ६.५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.