एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश, कहिले हुँदै छ बुक क्लोज ?

  २०७८ पुष ४ गते १३:४१     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई कम्पनीको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा आव्हान गरेको हो ।

बैंकले सभामा जाने प्रयोजनको लागि आगामी पुस १५ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यससँगै पुस १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.