नेशनल लाईफले ल्यायो नयाँ सावधिक योजना, ऋणसहित ८० वर्षसम्म आयश्रोत पाइने

  २०७८ पुष २ गते १८:१२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् ।

कम्पनीले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई ध्यानमा राख्दै उक्त बीमालेख सार्वजनिक गरेको हो ।

यो योजनामा आफ्नो आय श्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने छ । साथै, यसमा सहभागी हुने बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुष्ठ बीमाङ्क र बोनस वितरण गरिने कम्पनीले जनाएको छ ।

बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित बोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भनेसंगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने छ । साथै, नाफामा सहभागि हुने यस बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफल समेत पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, जोखिम बहन पनि हुने र बचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.