नेपालगंजमा टिभिएस रेडर सार्वजनिक

  २०७८ पुष २ गते १७:४०     विकासन्युज

काठमाडाैं । नेपालगंजमा टिभिएस रेडर माेटरसाइकल सार्वजनिक गरिएकाे छ । टिभिएस रेडर सप्तरङग ३ अन्तर्गत नेपालगंजमा भएकाे कार्यक्रममा उक्त माेटरसाइकल सार्वजनिक गरिएकाे हाे ।

पुस १ गते बिहिबार सम्पन्न सो कार्यक्रम अन्तर्गत टिभिएस शोरुम (ग्रेस एण्ड ग्लोबल) नेपालगञ्जका प्रमूख विशाल श्रेष्ठले उक्त माेटरसाइकल सार्वजनिक गरेका थिए ।

सप्तरङग अन्तर्गत त्यस अवसरमा सप्तरंग ३ का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङग, अनिल सिंग, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निषा उप्रेती र विवेक खतिवडा लगायतको उपस्थितिमा थियो । त्यसक्रममा कलाकारहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

‘टीभीएस रेडर’ शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले सार्वजनिक गरेको युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल हो ।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्ष्ट–ईन–क्लास फिचर्सका साथै फर्ष्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.