दुई कम्पनीले ३८ करोडको हकप्रद सेयर जारी गर्दै, पाए बोर्डको स्वीकृति

  २०७८ पुष २ गते ११:३८     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा विभिन्न दुई कम्पनीले ३८ करोड ९३ लाख ५ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छन् । छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकले गरी सो मात्राको हकप्रद सेयर जारी गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै यी दुई कम्पनीले हकप्रद जारी गर्न लागेका हुन् ।

जसमध्ये छ्याङ्दी हाइड्रोपावरले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता सेयर निष्काशन गर्ने भएको हो । हाइड्रोले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको १५० प्रतिशत अर्थात ३० लाख कित्ता सेयर जारी गर्ने छ । बोर्डले बैंकलाई ३० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै संस्थाले सिभिल क्यापिटल मार्केटबाट सो मात्राको हकप्रद सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.