बजाजको नयाँ शोरुम अब बर्दियाकाे गुलरियामा

  २०७८ पुष १ गते १५:११     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाकाे गुलरियामा सुविधा सम्पन्न नयाँ शोरुमकाे उद्घाटन गरेकाे छ । कम्पनीले नयाँ शाेरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको हाे ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई उक्त शाेरुमकाे डिलरसीप प्रदान गरेकाे छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुप डिरेक्टर अभिमन्यु गोल्छाले नयाँ शोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.