भायानेटको १७५ एमबिपिएसको इन्टरनेट र भायाटिभी मात्र १२५० रुपैयाँमा

  २०७८ मंसिर २३ गते १८:०७     विकासन्युज

काठमाडाैं । भायानेटले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिन नयाँ इन्टरनेट प्लान ‘अल्ट्रा–फाई’ ल्याएकाे छ । यस अल्ट्रा–फाई अन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ ।

यस सिरिजकाे मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट रहेकाे छ जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँदछ । कम्पनीकाे अनुसार यसको वार्षिक प्याकेज लिँदा प्रति महिना मात्र १२५० पर्न आउँछ । यसका साथै यसमा भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्ने जनाएकाे छ ।

नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.