नेपालमा होण्डाको नयाँ एमेज २०२१ सार्वजनिक

  २०७८ मंसिर १९ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी होण्डाको एमएमसि एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

कम्पनीको अनुसार यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा रहेको एलइडी डिआरएलस्का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्प निकै आकर्षक रहेको छ ।

नयाँ एमेज पेट्रोल र डिजल दुवै भेरियन्टका साथ ७ स्पिड सीभीटी गियर बक्समा उपलब्ध छ । यसका साथै यसमा डायमन्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोय व्हील, रियर मल्टिभ्‍यू क्यामेरा पनि रहेको छ ।

कम्पनीको अनुसार यस कारले सुरक्षाका लागि एनसीएपीबाट चार स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।

अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी सेप्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्यान्डल यसको विशेषता रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.