सिटिजन लाइफको लिडर्स नाइट सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

  २०७८ मंसिर १९ गते १५:५४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको थियो ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताएका थिए ।

कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.