लुम्बिनी विकास बैंककाे थप पाँच शाखा विस्तार

  २०७८ मंसिर १९ गते १५:२०     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आइतबार एकैपटक पाँच शाखाहरुको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बानेश्वार, रुपन्देहीको तिलोत्तमा नगरपालिका, नवलपारसीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको हो ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.