सञ्चालकको भत्ता बढाउँदै सनराइज बैंक

  २०७८ मंसिर १९ गते १५:०२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आगामी पुस १५ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान १०ः३० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपालि बैंङ्क्वेटमा १४औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभाले सञ्चालक समितिको ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ छ । बोनस सेयर पारित पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिका सदस्यहरुको भत्ता बढाउने विशेष प्रस्तावलाई पारित गर्दै छ । सभाले नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अध्यक्ष तथा संचालकले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापतको भत्ता तथा संचालक समितिका सदस्यहरुका लागि भारत बाहेकका देशमा भ्रमण गर्दा प्रदान गरिने दैनिक भ्रमण भत्ता वृद्धि गर्ने नियमावलीको सम्बन्धित नियममा संशोधन गर्ने विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ ।

साथै, मोबाईल तथा टेलिफोन पत्रपत्रिका खर्च वापत मासिक रकम वृद्धि गर्ने नियमावलीको पनि सभाले संशोधन गर्ने छ ।

त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म कायम सेयरधनीले उक्त प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.