मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

  २०७८ मंसिर १९ गते १३:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ ।

यस अन्तर्गत बैंकले महिमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि ुफाइनान्सीयल लिट्रेसीु कार्यक्रम सम्पन्न गरेको छ भने तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।

बैंकले ट्राफिक सचेतनाकाको लागि बोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजारको सहयोग गरेको छ भने ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले १० हजारको आर्थिक सहयोग गरेको छ ।

यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि १ लाख सहयोग गरेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.