व्यवसायी धुव्र थापाद्धारा नाडा अध्यक्षमा उम्मेद्वारी घोषणा

  २०७८ मंसिर १६ गते १५:५१     विकासन्युज

काठमाडौं । व्यवसायी धुव्र थापाले प्यानल सहित अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै थापाले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् ।

उनले आफू अध्यक्षसहित १७ कार्यकारी समितिको नामावली घोषणा गरेका हुन् ।

उनले घोषणा गरेको प्यानलमा नाडाका कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिवक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन् ।

यस्तै, यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुषाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्दि कार्की, सगुन बिएस् कंसाकार, सञ्जयकुमार खेतान सदस्य रहेका छन् ।

नाडाको ४५ औं साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन यही आउँदो मंसिर २२ र २३ गते हँदैछ ।

निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमिति पदाधिकारीहरुको टुंगो लगाउने छ । यसअघि बुधबार अध्यक्षका प्रत्यासी करण चौधरी समूहले प्यानल घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.