एनसीसी बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

  २०७८ मंसिर १५ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । ८ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब नाघ्ने छ ।

प्रस्तावित ८.४२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.